साउन महिनाको सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको थियो । बिहान चार बजेदेखि नै भक्तजन पूजा एवं दर्शनका लागि लाममा बसेका थिए भने दिउँसो चार बजे सम्ममा करिव एक लाख भक्तजनले मन्दिर प्रवेश गरी पूजा गरेका थिए ।
धार्मिक दृष्टिले साउन आफैमा पवित्र महिना मानिन्छ। त्यसमा पनि साउनको सोमबारको छुट्टै महत्व छ। सदियौ देखिनै नेपाली महिलाहरुले साउन महिनाको सोमबारलाई विषेश रुपमा ग्रहण गर्दै हरियो साडी चुरा र मेहेन्दी लगाएर साउने सोमबार मनाउने प्रचलन आफैमा मनमोहक रहेको छ
सोमबार भगवान् शिवको प्रिय भएकाले यस दिन शिवालयमा पूजा, दर्शन एवं जल चढाउने परम्परा बसेको चलन चलेको छ । साउनको सोमबार व्रत बसी भगवान् शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।