२०७४ पहिलो र दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भइसक्दा कुन प्रदेशमा मुख्यमन्त्री को कसको दाबी ।
प्रदेश नं. २ बाहेक सबै प्रदेशमा वाम गठबन्धन सुविधाजनक बहुमत पाएको छ ।
निर्वाचनमा जानुअघि प्रदेश मुख्यमन्त्री दाबी गरिरहेका प्रायः सबै उम्मेदवारहरु प्रदेशसभामा निर्वाचित भएका छन् । एमालेका केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, स्थायी समिति सदस्य शंकर पोखरेल, पोलिटब्यूरो सदस्यहरु राजेन्द्र पाण्डे, पशुपति चौलागाईं, शेरधन राई, किरण गुरुङ, प्रकाश ज्वालासमेत दर्जन नेता प्रदेशसभामा विजयी हासिल गरिरहेका छन् भने भीम आचार्यको मतगणना भइरहेको छ ।
प्रदेश नं. १ प्रदेशसभामा ५६ सिट भएकोमा ३४ सिट एमालेले विजय हासिल गरे भने माओवादी केन्द्रले १३ र नेपाली कांग्रेस ७ सिट विजयी भए भने संघीय फोरम १ सिट विजयी भए ।
प्रदेश नं. १ एमाले सुविधाजनक बहुमति लिएको छ । प्रदेश नं. १ मा एमाले नै मुख्यमन्त्री लिइन्छ । यसमा दावेदारीमध्ये शेरधन राई भोजपुरबाट निर्वाचन भएको छ ।
यस्तै प्रदेश नं. २ मा ६२ सिटमध्ये संघीय फोरम २० सिट, राष्ट्रिय जनता पार्टी नेपाल १५ सिट, नेकपा एमाले) १३ सिट, नेपाली कांग्रेस ८ सिट, माओवादी केन्द्र ७ सिट र स्वतन्त्रले १ सिट जिते । समानुपातिकबाट मधेसवादी गठबन्धन अग्रता लिए । त्यहाँ भने फोरम र राजपाबीच मिलेर मुख्यमन्त्री र प्रदेश सरकार गठन गर्ने सम्भावना देखिएको छ ।
यसै गरी मुख्यमन्त्रीका लागि राजपा र फोरम दुई जनाको दाबी छ । पर्सा १ बाट निर्वाचित फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत र सप्तरी २ ख बाट निर्वाचित राजपा महासचिव मनीषकुमार सुमन मुख्यमन्त्रीको चर्चामा छ भने अरु पार्टीको सरकार बनाए पनि सप्तरीबाट निर्वाचित एमालेका सत्यनारायण मण्डल मुख्यमन्त्रीको दावेदारी छ ।
प्रदेश नं. ३ मा प्रदेशसभामा प्रत्यक्ष ६६ सिटमध्ये नेकपा एमालेले ४२ सिट विजयी हासिल गरेका छन् । यहाँ माओवादी केन्द्र १५, नेपाली कांग्रेस ७, नयाँ शक्ती १ र मजदुर किसान पार्टी १ मा विजयी हासिल गरे । प्रदेश नं. ३ का लागि एमालेले पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यबाट पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे, पशुपति चौलागाईं, अरुण नेपाल, माधव नेपाल र केशव स्थापितको दाबी छ ।
प्रदेश नं. ४ या प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ४६ सिटमध्ये एमालेले १८ सिट विजयी भए । माओवादी केन्द्र ९, नेपाली कांग्रेस ५, राष्ट्रिय जनमोर्चा २, नयाँ शक्ति १ सिटमा विजयी भए । त्यहा भने एमालेका सचिव पृथ्वी सुब्बा गुरुङ र पोलिटब्यूरो सदस्य किरण गुरुङको दाबी गरेका छन् ।
प्रदेश नं. ५ भने ५२ सिटमध्ये नेकपा एमाले २८ सिट विजयी भए भने माओवादी केन्द्र १६ सिट, नेपाली कांग्रेस र संघीय फोरम ३÷३ सिट विजयी भए । त्यहाँ एमालेका मुख्यमन्त्री स्थायी कमिटी सदस्य शंकर पोखरेल एक्लैको दाबी परेका छन् ।
प्रदेश नं. ६ मा भने ३४ सिटमध्ये एमालेले १४ सिटमा विजयी हासिल गरे । माओवादी केन्द्र ९, नेपाली कांग्रेसबाट जीवनबहादुर शाही विजयी भए । एमालेबाटै पोलिटब्यूरो सदस्य प्रकाश ज्वालाको मुख्यमन्त्री हुने दावेदारी हुनुहुन्छ । माओवादीबाट पूर्व ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीको दावेदारी छन् ।
प्रदेश नं. ७ मा ३२ सिटमध्ये एमाले १६ सिटमा विजयी भए । माओवादी केन्द्र ८, नेपाली कांग्रेस ५ र राजपा १ सिटमा विजयी हासिल गरेका छन् ।