१६औँ आहा-रारा गोल्ड कप फुटबल माघ ९ गतेदेखि

0

हिमश्री फुड््स प्रालिको मुख्य प्रायोजनमा सहारा क्लब पोखराको आयोजनामा आगामी माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुने भएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराएको हो भने प्रतियोगितामा १२ टोलीको सहभागिता रहने बताए ।


प्रतियोगितामा भाग लिने टोली ः त्रिभुवन आर्मी, मनाङ मस्याङ््दी, थ्री स्टार, रमपम झापा ११, एपीएफ क्लब, संकटा क्लब, धरान फुटबल क्लब, नेपाल पुलिस, युनाइटेड सिक्किम फुटबल क्लब भारत, उत्तर वरिन्धारा क्लब बंगलादेश, सुदूरपश्चिम–११ र आयोजक सहारा क्लब छन्् ।
विजेता टोलीले रु ७ लाख १ हजार र उपविजेताले रु ३ लाख ५१ हजार, ट्रफी, पदक र प्रमाणपत्र पाउने पनि पत्रकार सम्मेलनमा जानकारी गराएका छन्् ।