नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ प्रालिले ‘होन्डा जेनुएन इन्जिन आयल’ को नया“ प्याकलाई एक इभेन्टमार्फत्् लन्च गरेको छ ।
जापानिज कम्पनीद्वारा उत्पादित होन्डा जेनुएन इन्जिन आयललाई नेपालमा स्याकार टे«डिङ कम्पनीले बिक्री वितरण गर्नेछ ।
होन्डा बाइक तथा स्कुटरको लागि अति उपयुक्त ‘होन्डा जेनुएन इन्जिन आयलले अधिकतम्् पर्फमेन्स प्रदान गर्नेछ । लन्चमार्फत्् ‘ गुणस्तरको प्रतिबद्धता, ग्राहकहरुको सहज उपलब्धताका लागि प्रभावकारी बजार व्यवस्थापन’ जस्ता महत्वपूर्ण कुरा कम्पनीले सुनिश्चित गर्नेछ ।
नवीनतम्् टेक्नोलोजीको प्रयोग गरी उत्पादन गरिएको होन्डा ४–स्ट्रोक मोटरसाइकल इन्जिन आयलमा सर्वोउत्कृष्ट क्वालिटी रहेको छ । होन्डा ४–स्ट्रोक स्कुटर इन्जिन आयलमा उत्कृष्ट लुब्रिसिटी, उत्कृष्ट वेयर प्रोटेक्सन र उत्कृष्ट इन्जिनलाइफ जस्ता फाइदा रहेका छन्् । त्यसैगरी होन्डा ४–स्ट्रोक मोटरसाइकल इन्जिन आयलमा पनि स्कुटर सरहका सबै फाइदाका साथै उत्कृष्ट कल्च पर्फमेन्स रहेको छ ।