नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले नयाँ मोटरसाइकल र नयाँ स्कुटर बजारमा ल्याएको छ ।
ग्लामर एसभी मोटरसाइकल र ड्युट स्कुटर हिरोका नया“ संस्करणहरु हुन ।
ग्लामर एसभी मोटरसाइकलमा १२५ सीसी इन्जिनमा आकर्षक ग्राफिक्स थप गरिएको छ । मोटरसाइकलका पारखीहरुका लागि यस्को टेक्नजोलोजी, पावरफुल इन्जिन, ट्युबलेस टायर एवम् स्पोर्टी डिजाइनले ग्राहकलाई आकर्षित गर्ने कम्पनीको दाबी छ ।
कालो, स्पोर्ट्स रेड, क्यान्डी ब्लिचिङ रेडजस्ता रङमा मोटरसाइकल पाउन सकिन्छ । नेपाली बजारमा यस मोटरसाइकलको खुद्रा मूल्य १ लाख ९३ हजार रुपिया“ रहेको कम्पनीले जनाएको छ ।
त्यस्तै ड्युट स्कुटर पनि हिरोका अर्काे उत्कृष्ट मोडेलको नया“ संस्करण हो । नयाँ संस्करण अझै परिमार्जित र परिस्कृत स्वरुपमा देख्न सकिन्छ । यस स्कुटरको बजार मूल्य १ लाख ७९ हजार ५ सय रुपियाँ रहेको छ ।
