हाउन्ड्स सेमिफाइनलमा

0
एसडिसी हाउन्ड्स प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । हाउन्ड्सले आयोजक नेकोसलाई ६८–४५ ले पराजित ग¥यो । हाउन्ड्सको जितमा मनीष केसीले १५ अंक योगदान दिए ।
पहिलो क्वाटरमा १३–११ र दोश्रोमा १६–१५ को सामान्य अग्रता लिएको हाउन्ड्स तेश्रोमा १२–१२ को बराबरीमा रोकियो । चौथो तथा अन्तिम क्वाटरमा २७–७ को अग्रता बनाउदै हाउन्ड्सले जित अन्तर फराकिलो बनायो ।  पुरुषकै अर्को खेलमा साउथ साइडर्सले जेभियरलाई ७९–५८ ले हरायो । साइडर्सका लागि विशाल तामाङले २४ अंक जोडे ।
सुरुआतमा २१–१३ ले अगाडि रहेको साइडर्स दोश्रोमा १७–१९ ले पछि प¥यो । बाँकी दुई क्वाटर आफ्नो पक्षमा पारेको साइडर्सले क्रमशः १८–१३ र २३–१३ अंक जोड्यो । चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा जारी प्रतियोगिताको महिलामा बुढानीलकण्ठले विजयी सुरुआत गरेको छ । बुढानीलकण्ठले एनसीसीएसमाथि ६२–३२ को सहज जित दर्ता ग¥यो । विजयी टिमकी अनुषा मल्लले १६ स्कोर गरिन् । पुरुषमा भने बुढानीलकण्ठ सेमिफाइनलमा पुगिसकेको छ ।