हरिहर र कृष्टिनकाको ‘शुभ लभ’ पोष्टर सार्वजनिक

0

बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘शुभलभ’को पोष्टर सार्वजनिक भएको छ । यही चलचित्रमा नायक हरिहर अधिकारी र नव नायिका कृष्टिन पौडेलाई डेब्यू गर्दै छन् ।

सार्वजनिक फस्टलुकमा यसका मुख्य कलाकार हरिहर र नव–नायिका कृष्टिनलाई स्थान दिइएको छ । पोष्टरमा यी दुई रोमान्टिक अवतारमा देखिएका छन् ।

चैत्र १५ गतेबाट यो चलचित्र रिलिज हुने चलचित्रका प्रस्तुतकर्ता प्रदिपकुमार उदय हुन् । सन्तोष बाबु लोहनीले निर्देशन रहेको चलचित्रमा धर्मराज शर्माको लगानी छ ।

चलचित्रमा सूर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र, रविन्द्र झा, प्रदीप बास्तोला, अनुज पाण्डेलगायतका कलाकारको मुख्य भूमिका छ ।