हङकङले टस जित्यो, नेपाललाई बलिङको निम्तो

0

विश्वकप छनोटमा हङकङले टस जितेको छ र फिल्डिङको निम्तो नेपाललाई दिएको छ । नेपालले अफगानिस्तानविरुद्ध खेलेको टोलीलाई उतारेको छ ।

समूह चरणको यो खेल दुबै टोलीका लागि महत्वपूर्ण छ । नेपालको सुपर सिक्समा पुग्ने सम्भावना निकै कम छ । तर, एकदिवसीय मान्यता पाउन र डिभिजन टूमा घटुवा हुनबाट जोगिन आजको खेल जित्नै पर्ने दबाव छ । हङकङलाई पनि सुपर सिक्समा पुग्न नेपाललाई हराउनै पर्ने बाध्यता छ ।