धनाध्य ब्यापारी एलोन मक्सको निजी अन्तरिक्ष एजेन्सी स्पेस एक्सले यसै बर्ष एक जोडी अन्तरीक्ष पर्यटकलाई चन्द्रमाको परिक्रममा गर्न पठाउने योजनालाई सारेको छ ।
अर्बपति मस्कले स्थापना गरेको उक्त रकेट कम्पनीले सन् २०१८ को उत्तराद्र्धमा उक्त उडानको योजना बनाएको थियो तर यसलाई सन् २०१९ को मध्य वा त्यो भन्दा पछाडी सारिएको वाल स्ट्रिट जर्नलले जनाएको छ । यसको कारण भने स्पष्ट पारेको छैन ।
उक्त उडानको घोषणा सन् २०१७ को फेब्रुअरीमा भएको थियो । जसमा स्पेसएक्सले दुई अज्ञात नागरिकले उक्त यात्राका लागि पर्याप्त पैसा जम्मा गरेको उल्लेख गर्दै अन्य उडान टोलीले पनि त्यस्तै यात्राका लागि चासो ब्यक्त गरेको जनाएको थियो ।
उक्त योजना अनुसार ती अन्तरीक्ष पर्यटकलाई फाल्कन हेभी रकेट मार्फत पृथ्वीवाट ड्रागन क्रु अन्तरिक्ष यानमा राखी अन्तरिक्षमा पठाउने कार्यक्रम थियो । यस विषयमा तत्काल टिप्पणीका लागि स्पेस एक्सले अस्विकार गरेको छ ।
गत शुक्रबार मात्रै मस्कले बोइंगको अन्तरीक्ष महत्वाकाक्षीं योजनालाई चुनौती दिँदै स्पेसएक्सले भन्दा पहिला मंगलग्रहमा मानव पुर्याउन भनेका थिए ।