स्थायी राजधानीका बारेमा किन हतार गर्नु ? : मुख्यमन्त्री पौडेल

0

धुलिखेल नगरपालिकाको ३२औ स्थापना दिवसको अवसरमा आयोजित स्थापना दिवस समारोह कार्यक्रममा मुख्यमन्त्री पौड्यालले राजधानीका विषयमा भएका टिका–टिप्पणी र बहसका बारेमा हतारो भएको टिप्पणी गरेका छन् ।
‘एउटा बैठकसमेत अस्थायी राजधानीमा बस्न सकेको छैन, स्थायी राजधानीका बारेमा किन हतार गर्नु ?’– मुख्यमन्त्री पौडेलले भने ।
प्रदेश ३ का मुख्य मन्त्री पौडेल सपथ पछिको पहिलो औपचारिक कार्यक्रममा बोल्दै भने–‘मैले त्यही राख्छु भन्दैमा र तपाईहरुले अन्यत्र लैजान्छु भन्दैमा राजधानीको टुङ्गो लाग्दैन, त्यो त नीति, विधी र संविधान अनुसार हुनेछ ।’ राजधानी जहाँ रहे पनि प्रदेशअन्तरगतका १३ वटै जिल्लाको साझा ब्यक्ति भएकाले साझा भएरै बस्ने उनले उघोष गरे ।
काठमाडौ पछिको राम्रो र धेरै सुनिने शहरका रुपमा चिनिएको धुलिखेलले आफुलाई विशिष्ठकृत गर्नुपर्नेमा मुख्यमन्त्रीले जोड दिए । शिक्षा र स्वास्थ्यमा छुट्टै पहिचान बनाएको धुलिखेलले पर्यटनमा समेत फड्को मारिसकेको छ । त्यस अवस्थामा आफुलाई कुन हिसावले अब्बल बनाउने ? विकास र सिस्टममा समेत नयाँ मोडलको प्रवेश गराई विकासमा छलाङ्ग मार्न उनले सुझाब दिए । ५० लाख चाहिने स्थानमा ५ लाख रकम विनियोजन गरेर विकास छर्न नहुने बताउँदै मुख्य मन्त्री पौड्यालले विश्वास मर्न नदिने प्रतिवद्धता ब्यक्त गरे ।