स्काईवर्थले वल्र्डकप अफर ल्यायो

0

केएल दुगड समूहअन्तर्गतको स्मार्ट अप्लाइन्सेस कम्पनीले ‘स्काईवर्थ वल्र्डकप अफर’ सञ्चालनमा ल्याएको छ ।

फिफा विश्वकप २०१८ लाई लक्षित गरेर कम्पनीले स्काईवर्थका विभिन्न टेलिभिजनको खरिदमा २५ प्रतिशतसम्म छुटको योजना अगाडि सारेको छ ।

कम्पनीले नेपाली बजारमा बिक्री गरिरहेको गुगल एन्ड्रोइड, स्मार्ट, एलइडी र ४ के यूएचडी टेलिभिजनमा विशेष क्यसब्याक अफर ल्याएको हो ।

यस योजनामा ग्राहकले २५ प्रतिशतसम्म नगद (फिर्ता) छुट पाउने छन् । कम्पनीले बिक्री गर्दै आएको गुगल एन्ड्रोइड टेलिभिजनमा रहेको छ भने स्मार्ट टिभीको दुई वटा मोडल रहेको छ ।

त्यस्तै एलईडी टेलिभिजनमा पाँच मोडल रहेको छ । कम्पनीले बिक्री गर्ने ४ के यूएचडीको मोडल नम्बर ६५ ई ६०००० रहेको छ ।

स्काईवर्थका इलेक्ट्रोनिक्स घरायसी सामान नेपाली बजारमा निकै चर्चित रहेका छन् ।

कम्पनीले बिगत ४ वर्षदेखि स्काईवर्थका सामानहरु नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।