सेभिया कोपा डेल रेको फाइनलमा

0

सेभिया कोपा डेल रे कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पछिल्लो तीन सिजनमा दोस्रो पटक फाइनलमा पुगेको हो । बुधबार राति भएको दोस्रो लेगमा लेगनसलाई २–० ले हराएको सेभिया समग्रमा ३–१ को जित निकाल्यो । पहिलो लेग १–१ को बराबरीमा टुंगिएको थियो ।

अब उसले उपाधिका लागि बार्सिलोना र भ्यालेन्सियाबीचको विजेतासँग खेल्नेछ । पहिलो लेगमा १–० को जित निकालेको बार्सिलोनाले बिहीबार राति दोस्रो लेग खेल्नेछ ।