सेञ्चुरी कमर्सियल बैंकको सातौं वार्षिक साधारणसभा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा बुधबार सम्पन्न भएको छ ।
साधारणसभाले शेयरधनीलाई हाल कायम रहेको चुक्ता पु“जीको ५ प्रतिशतबराबरको बोनस शेयर वितरण गर्ने र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पु“जी ८ अर्ब ६ करोड रुपिया“ पुगेको छ ।
आव २०७४÷७५ को पुस मसान्तसम्म यस बैंकले कुल निक्षेप ५२ दशमलव १७ अर्ब र कर्जा रकम ४७ दशमलव शून्य २ अर्ब परिचालन गरी ३९ दशमलव २७ करोड रुपिया“ सञ्चालन मुनाफा र ३२.५१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले काठमाडौं उपत्यकामा ११ शाखा र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखा र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।