सेञ्चुरी बैंकद्वारा वार्षिक उत्सवमा स्वास्थ्य शिविर

0

सेञ्चुरी कमर्सियल बैंकको सातौं वार्षिकोत्सवको उपल्यक्षमा प्रधान कार्यलय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । उक्त ओम हस्पिटल एन्ड रिर्सच सेन्टर प्रालिबाट चिकित्सक तथा पुल्चोक, ललितपुरस्थित रक्तसञ्चार सेवा केन्दको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षणका साथसाथै आ“खा, मुटु, अर्थो तथा ग्यास्ट्रो सम्बन्धी स्वास्थ्य परीक्षण पनि गरिएको थियो । शिविरमा सय जनाभन्दा बढीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको तथा रक्तदान कार्यक्रममा ७० जनाभन्दा बढीे सहभागी रहेको बैंकले जनाएको छ । उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठलगायतको सहभागिता थियो ।