सेञ्चुरी बैंकको तीनवटा शाखा थपिए

0

सेञ्चुरी कमर्सियल बैंकले सुर्खेतको वीरेन्द्रनगर, दैलेखको नारायण नगरपालिका र दाङको घोराही शाखा कार्यालय बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले उद्घाटन गर्नुभएकोे छ । कार्यक्रममा बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमलगायतको उपस्थिती थियो ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखा र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।