सेञ्चुरी बैंककोे शाखा बुढानिलकण्ठमा

0

सेञ्चुरी कमर्सियल बैंकको बुढानिलकण्ठको मण्डिखटारमा शाखा स्थापना गरेको छ ।

बिहीबार बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले उक्त शाखा उद्घाटन गर्नुभएकोे छ । बैंकले कपन क्षेत्रमा एक्सटेन्सन् काउन्टर पनि सुचारु गरेको छ । बैंकले उक्त काउन्टरबाट सुरक्षा भत्ता प्रदान गर्ने तथा त्यस क्षेत्रमा बसोबास गर्ने ग्राहकलाई सेवा पुर्याउने उद्देश्य बैंकले राखेको छ ।

उद्घाटन कार्यक्रममा बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, बुढानिलकण्ठ–१२ का वडा अध्यक्ष शम्भुप्रसाद भट्टराईलगायतको उपस्थिति थियो । बैंकले काठमाडौं उपत्यकामा १२ शाखा र ६ वटा एक्सटेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखा र ३ वटा एक्सटेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ गरी जम्मा १ सय १३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।