सेञ्चुरी कमर्सियल बैंक र नर्भिक इन्टरनेसनल हस्पिटलबीच बैंकका ग्राहकहरु, शेयरधनी तथा कर्मचारीलाई सहुलियत प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार सेञ्चुरी प्रिमियम बचत र सेञ्चुरी प्लाटिनम बचत क्रेडिट कार्ड, शेयरधनी तथा कर्मचारीले १० प्रतिशतसम्म प्याथोलोजी, रेडियोलेजी, मेम्मोग्राम, सर्जरीमा जा“चमा छुट पाउनेछन् । साथै बेड चार्जमा ५ प्रतिशत छूट पनि पाउनेछन् । उक्त सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र नर्भिक इन्टरनेसनल हस्पिटलका प्रमुख बजार अधिकृत प्रविण दावरले हस्ताक्षर गर्नुभएको छ ।