सुष्मालाई ट्यालेन्टको उपाधि

0

पिनाकल ट्यालेन्ट हन्टको उपाधि सुष्मा कार्कीले जितेकी छन् ।

राजधानीमा आयोजित ट्यालेन्ट हन्टको फाइनलमा नृत्यतर्फको सिनियरबाट सो उपाधि कार्कीले जितेको हो ।

जुनियरबाट आज्ञा अधिकारीले यो उपाधि जितिन् । त्यसै गरी गायन विधाबाट सदीक्षा नेपालले ट्यालेन्टको उपाधि जितिन्। कलाका विविध विधामा भएको ट्यालेन्ट हन्टको फाइनलमा नृत्य विधाको सिनियरतर्फ ९ र जुनियरतर्फ ८ जना गरी १७ जना र गायनमा ३ जना प्रतिस्पस्र्धी थिए ।
नेपाल डान्स एसोसिएसनका अध्यक्ष भुवनदास श्रेष्ठ र नेपाल चलचित्र नृत्य निर्देशक संघका उपाध्यक्ष तथा रियो छमछमीका निर्णायक महेश गोदारको निर्णायकमा सम्पन्न प्रतियोगिता निमिराज घिमिरेको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।