माघ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रणवीर’को टिजर सार्वजनिक गरिएको छ ।
चलचित्रमा सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेललगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको एक्सन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।
यो चलचित्रलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् ।