सुन मूल्य स्थिर किन्ने होइन त ?

0

बिहीबार छापावाल सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलमा ५८ हजार ८ सयमा कारोबार भइरहेको जनाएको छ । बुधबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो । यसै गरी आज तेजाबी सुन तोलमा ५८ हजार ५ यसमा कारोबार भएको छ ।

चाँदीको मूल्य भने बिहीबार तोलमा ५ रुपियाँले घटेको छ । बुधबार तोलमा ७ सय २५ मा कारोबार भएको चाँदी बिहीबार ५ रुपियाँ घटेर ७ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।