सुन तोलामा ६ सय घट्यो

0

आज  सुनको मूल्य ओरालो लागेको छ । आज छापावाला सुन तोलामा ५७ हजार २ सयमा कारोबार भइरहेको छ ।  यस्तै तेजावी सुनको मुल्य आज ५६ हजार ९ रहेको छ । साताको अन्तिम दिन शुक्रबार छापावाला सुन ५७ हजार ८ सय र तेजावी सुन ५७ हजार ५ सयमा कारोबार भएको थियो ।

आज छापावाला सुन र तेजनावी सुन तोलामा ६ सय घटेको छ । आज चादी तोलामा ७४५ मा कारोबार भईरहेको छ । यो शुक्रबारको भन्दा १० रुपैयाँ कम हो ।