साताको चौथो दिन आज सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको हो । आज छ सयले घटेर सुनको मूल्य तोलामा ५८ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदी पनि तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन चाँदी तोलाको ७ सय ३० रुपैयामा कारोबार भइरहेको थियो ।