बिहिबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार प्रतितोला १०० रुपैयाँले बढेर तोलामा ५८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ५७ हजार नौ सय रुपैयाँ छ ।चाँदी पनि तोलामा पाँच रुपैयाले बढेर प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको महासंघले छ । चाँदी अघिल्लो कारोबारमा ७६५ रुपैयाँ प्रतितोला थियो ।