सीबीआईएलले नयाँ लोगो र बेवसाइट सार्वजनिक

0

सिटिजन्स बैंक इन्टरनेशनल लि.को भगिनी संस्था सीबीआईएल क्यापिटल लि.ले आफ्नो एघारौं वार्षिकोत्सवको अवसरमा नयाँ गोलो र वेबसाइट डब्ल्यू डब्ल्यू डट सीबीआईएलक्यापिटल डट कप परिपार्जित रुपमा सार्वजनिक गरेको छ ।
नयाँ गोलो र वेबसाइट सार्वजनिक गर्दै सीबीआईएल क्यापिटलका अध्यक्ष गणेशराज पोखरेलले यो संस्थाबाट धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर साइटर), शेयर रजिष्ट्रार लगानी व्यवस्थापन (पोर्टफोलिया म्यानेजमेन्ट) तथा संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्नुका साथै डि–म्याट खाता खोल्ने, शेयरहरु अभौतिकीकरण गर्ने, सामूहिक लगानी कोषको प्रबद्र्धन गर्ने जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु भइरहेको बताउनुभयो ।
आफ्ना ग्राहकहरुलाई उच्चस्तरको सेवा, सरल र छरितो रुपमा पुर्याउन संस्था कटिबद्ध रहेको व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा संस्थाका सञ्चालकहरु रामधन श्रेष्ठ र विनयकुमार शर्माको उपस्थिति थियो ।