सीताराम गोकुल मिल्कस् काठमाडांै प्रालिले आफ्नो आधिकारिक बिक्री केन्द्र सीताराम डेरी बिक्री केन्द्र कुलेश्वर काठमाडौंमा खोलेको छ ।
उक्त बिक्री केन्द्रबाट बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म सीताराम गोकुल मिल्कसद्वारा उत्पादिन दूध, घिउ, पनिर, बटर, दही तथा पेडा बिक्री हुने कम्पनीले जनाएको छ ।
आधिकारिक बिक्री केन्द्रको उद्घाटन चलचित्र निर्देशक एवम् नायिका दीपाश्री निरौला तथा कलाकार जितु नेपालद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको थियो ।
केडिया अर्गनाइजेसनको भातृ संस्था सीताराम गोकुल मिल्कस् नेपालको निजी क्षेत्रका सबैभन्दा ठूलो दूध तथा दुग्धजन्य पदार्थ उत्पादन कम्पनी हो । यसको स्थापना २०५२ सालमा भएको हो ।
सीताराम गोकुल मिल्क्स् काठमाडौं प्रालि गुणस्तरीय दुग्धजन्य उत्पादन आमउपभोक्ता समक्ष पस्किन सदैव तत्पर रहेको र यो बिक्री केन्द्र पहिलो भएको एवम् आगामी ६ महिनाभित्रमा काठमाडौंका विभिन्न स्थानमा आफ्नो बिक्री केन्द्र खोल्दै जाने कम्पनीमा प्रबन्ध निर्देशक सुमित केडियाले बताउनुभयो ।