सीजी गु्रपको ’एक्स्ट्रा टाईमको गोलमै छ मज्जा’ योजना

0

चौधरी ग्रुपले विश्वकप फुटबल प्रतियोगितालाई मध्यनजर गरि आफ्ना विभिन्न आकर्षक एवं गुणस्तरीय एलईडी टेलिभिजनको बिक्री वितरणमा ‘एक्स्ट्रा टाईमको गोल मै छ मज्जा’ नामक योजना बजारमा ल्याएको छ ।

बुधबारबाट नेपालभर लागु भएको उक्त योजनाबाट ग्राहकले सीजीका २० इन्च देखि ४३ इन्च सम्मको कुनै पनि सामान्य तथा स्मार्ट टेलिभिजनको खरिद पश्चात् ‘एक्स्ट्रा ३० प्रतिशत’ सम्मको नगद छुट तथा एक्स्ट्रा ३ वर्षको वारेण्टी प्राप्तगर्न सक्नेछन् ।

त्यसैगरी सो भन्दा माथिको टेलिभिजन खरिदमा मल्टीमिडिया स्पिकर र ३ वर्ष वारेण्टी दिईएको छ । सीजी ब्राण्डका टेलिभिजन खरिद गर्नु गर्ने ग्राहकबाट प्रत्येक हप्ता भाग्यशाली एक जनालाई सीजी कै अर्को एलईडी टेलिभिजन प्रदान गरिने कम्पनीले जनाएको छ । सीजीको अफिसिएल फेसबुक पेजको कन्टेस्टमा भाग लिएर समेत ग्राहकले दैनिक आकर्षक उपहारहरु प्राप्त गर्न सक्नेछन् ।