सिद्धार्थ सिसु सदन प्रिमियर लिग च्याम्पियन

0

धनगढीको सिद्धार्थ सिसु सदनले निष्ट लिटिल फ्लावर प्रिमियर लिग च्याम्पियन बनेको छ ।
आज धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको उपाधि भिडन्तमा कञ्चनपुरको लिटिल वुद्धमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै सिद्धार्थ च्याम्पियन वनेको हो ।
विजेता सिद्धार्थले नगद ५० हजार हात पारेको छ भने उपविजेता लिटिल वुद्धले नगद २५ हजार हात पा¥यो ।
कञ्चनपुरको लिटिल वुद्धले टस जित्दै पहिले व्याटिङ गरेर १७.५ ओभरमा सवै विकेट गुमाउँदै ७७ रन मात्रै बनाउन सफल भए भने रमेश भट्टले १५ र भीम सार्कीले १४ रन बनाउनु बाहेक अरुले दोहोरो रन अंक बटुल्न सकेनन् ।
लिटिल बुद्धलाई कम रनमै समेट्ने क्रममा सिद्धार्थका लागि दिपेन्द्र थापा र किरण ठगुन्नाले २÷२ विकेट लिए । ७८ रनको लक्ष्य लिएर मैदान उत्रिएका सिद्धार्थले १०.३३ ओभरमा एक विकेट गुमाएर लक्ष्य भट्टायो । सहज जितका लागि किरण ठगुन्नाले अर्धशतकीय पारीसहित ५४ रन वनाए । दिपेन्द्र थापाले २० रनको योगदान दिए । लिटिल बुद्धका लागि विकास आग्रीले एक मात्रै विकेट लिए । खेलको म्यान अफ द म्याच भए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी सिद्धार्थ सिसु सदनका दिपेन्द्र थापा, उत्कृष्ट व्याट्सम्यान लिटिल बुद्धका रमेश भट्ट, उत्कृष्ट बलर सिद्धार्थका खड्ग बोहोरा र उदयमान खेलाडी विज्डम एकेडेमीका भए ।
धनगढीको लिटिल फ्लावर ईङ्लिस स्कुलको आयोजनामा फागुन १५ गतेदेखि शुरु भएको निष्ट लिटिल फ्लावर प्रिमियर लिगको दोस्रो संस्करणका विजयी खेलाडीहरुलाई एक कार्यक्रमका बीच नगद तथा पुरस्कार वितरण गरिएको छ । प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रतियोगिताको मुख्य प्रायोजक निष्ट कलेजका संस्थापक प्रिन्सिपल तथा निष्ट फाउण्डेसनका अध्यक्ष डाक्टर माधवप्रसाद वरालले पुरस्कार वितरण गरे । प्रतियोगिताको तेस्रो संस्करणको नगद पुरस्कार राशी बढाउने र विद्यालय स्तरीय क्रिकेट प्रतियोगितालाई अझ उत्कृष्ट रुपमा आयोजना गर्ने प्रतियोगिताका संयोजक रामचन्द्र शाहीले समापन समारोहमा घोषणा गरे ।