सिद्धार्थ सिमेन्टको चितवनमा बिक्रेता भेला

0

सिद्धार्थ सिमेन्टले चितवनमा बिक्रेता भेलाको आयोजना गरेको छ । उक्त कार्यक्रमलाई सम्बोन्धन गर्दै कम्पनीका प्रबन्ध निर्देशक रोहित अग्रवालले सिमेन्ट उत्पादन प्रविधि र योसंग जोडिएको चुनौतीबारे जानकारी दिनुभयो।

त्यसैगरी कम्पनीका क्षेत्रीय बजार व्यवस्थापक सुमन पौडेल एवम् नेसनल सेल्स म्यानेजर विकासकुमार झाले छुट्टाछुटै रुपमा सिद्धार्थ सिमेन्टको बारे मन्तव्य व्यक्त गर्नुभयो ।

भेला कार्यक्रममा बिक्रेताहरुको प्रतिनिधित्व गर्दै लालबहादुर रानाले आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

यस भेलामा चितवन, नवलपरासी र मकवानपुरका १२५ जनाभन्दा बढी बिक्रेताहरुको सहभागी थिए । भेला चितवनको एक रिसोर्टमा आयोजना गरिएको थियो । सिद्धार्थ सिमेन्टले यस भेलामार्फत् बिक्रेताहरुसं“गको सम्बन्धलाई अझै बढी व्यावसायिक एवम् सदृढ बनाउन सफल भएको छ ।