सिद्धार्थ बैंकको बोनस पारित

0

सिद्धार्थ बैंकको १६औं वार्षिक साधारणसभामा बैंक सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पु“जी ६ अर्ब ८२ करोड ६१ लाख १७ हजार १५५ रुपिया“को १४ प्रतिशत अर्थात ९५ करोड ५६ लाख ५६ हजार ४ सय २ रुपिया“बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसरी पारित १४ प्रतिशत बोनस शेयर र यसअघिनै स्वीकृत भई जारी भइरहेको १० प्रतिशत हकप्रद शेयरसमेतबाट बैंकको चुक्ता प“जी ८ अर्ब ४६ करोड पुग्नेछ । बैंकले हाल सय वटा शाखा (३ एक्सटेन्सन काउन्टरसहित), ९९ शाखारहित बैंकिङ सेवा, १०७ एटीएम र ६८७ पीओएस मेसिन मार्फत् उच्चस्तरीय बैैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

फागुन मसान्तसम्म बैंकले कुल निक्षेप ८७ अर्ब ५७ करोड र कर्जा लगानी ७९ अर्ब २९ करोड रुपिया“ गरेको छ भने सोही अवधिमा बैंकले १ अर्ब १३ करोड खुद मुनाफा आर्जन गरेको छ ।