सिटी एक्सप्रेसद्वारा कार प्रदान

0

सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले विजया दशमी एवम्् दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै आफ््ना उपभोक्ताका लागि ९० दिनसम्म चलाएको ‘सिटी एक्सप्रेस उत्सव एक्सप्रेस’ उपहार योजनाका विजेता सार्वजनिक गरेको छ ।

भदौ १८ गतेदेखि मंसिर १५ गतेसम्म चलेको उपहार योजनाको लक्की ड्र मार्फत्् इलामका जमानसिंह तामाङलाई बम्पर उपहार प्रदान गरिएको छ । साउदी अरबको टेलीमनीबाट तामाङले श्रीमती बिमलादेवी तामाङको नाममा इलाममा पैसा पठाए वापत विजेता छानिनु भएको हो ।

उपहार योजनाअन्तर्गत सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत विदेशबाट नेपालमा रहेका आफन्तलाई रेमिट््यान्स रकम पठाएवापतमा दैनिक रुपमा एक जना भाग्यशाली विजेताले एक तोला चा“दीका सिक्का, क्याप, टी सर्ट र किरिङ, साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल र हरेक महिनामा एक जना भाग्यशाली विजेताले एलजी रेफ्रिजेरेटर उपहार प्रदान गरिने र उपहार योजनाको अन्त्यमा एकजना भाग्यशाली विजेतालाई बम्पर उपहारको रुपमा रेनल्ट क्विड कार प्राप्त गर्ने घोषणा भएको थियो ।