सिटिजन बैंक लिले गत आर्थिक बर्षको कमाईबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैकको मङ्सिर २५ मा बसेको २८२औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई १.६३५ नगद र ३.६२८ बोनस गरि ५।२६३ प्रतिशत लाभांश दिने प्रस्ताब गरेको हो ।
कम्पनीले ३.६२८ प्रतिशतले हुन आउने २९ करोड १४ लाख ४५ हजार ७७३ रुपैयाँ बराबरको बोनस शेयर र १.६३५ प्रतिशतले हुन् आउने १३ करोड १३ लाख ५६ हजार १४३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । हाल बैंकको चुक्ता पुंजी ८ अर्ब ३ करोड रहेको छ ।