सिटिजन्स बैंक वीरगन्जस्थित आफ्नै भवनमा

0

सिटिजन्स बैंक इन्टरनेसनल वीरगन्जमा आफ्नै भवनमा सरेको छ । हाल रहेको कार्यालयभन्दा करिब १५० मिटर दक्षिणमा रहेको रानीसती मन्दिरस“ग टा“सिएकोे भवनमा शाखा स्थानान्तरण गरेको बैंकले जनाएको छ । उक्त शाखा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पूजा पाठ गरी बैंकिङ कारोबारको शुरुआत गर्नुभएको थियो ।
बैंकको ६८ वटा शाखा, ६५ वटा एटीएम काउन्टर र ९९ वटा शाखारहित बैंकिङ सेवाबाट करिब ३ लाख ५० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । अब आफ्नै भवनबाट छिटो–छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता वीरगन्ज शाखाका पबन्धक दिवससिंह ठकुरीेले व्यक्त गर्नुभयो । आयात, निर्यात, व्यापार तथा अन्य व्यावसायिक क्षेत्रमा प्रचुर सम्भावना रहेको र यसलाई टेवा पु¥याउने हेतुले विभिन्न नयँ“ योजना सञ्चालन गर्ने ठकुरीले जानकारी गराउनुभयो ।