सिटिजन्स बैंक र सिद्धि पोलि प्याथल्याब प्रालिबीच सहकार्य

0

 

सिटिजन्स बैंक लि. र डिल्लिबजार, चारखालस्थित सिद्धि पोलि प्याथल्याब प्रालिबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले तथा प्याथल्याबका तर्फबाट डाईरेक्टर डा. विश्व श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।

यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट÷क्रेडिट कार्ड वाहक ग्राहकहरुले सिद्धि पोलि प्याथल्याबको प्रयोगशालामा जाँच गराउँदा बिशेष छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक लि.ले देशैंभरि फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीए कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।