सिटिजन्स बैंकले भूकम्प प्रभावित क्षेत्रमा नगद वितरण

0

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्व खाद्य कार्यक्रमको आयोजना र Welt Hunger Hilfe को सहकार्यमा चैत्र ११–१८गते सम्मगरी ८ दिनसम्म नगद वितरणकार्यक्रमको आयोजना गरेको छ ।

विशेष गरी भूकम्प प्रभावित क्षेत्रमा स्थानीय बाटो निर्माण गरे वापत “कामका लागि नगद” वितरण योजनाअन्तर्गत उक्त नगद भुक्तानी गरिएको हो ।

धादिङ्ग जिल्लाको झारलाङ्ग र रिगाँउ गाविसमा नगदवितरण ९ऋबकज ऋबmउ० कार्यक्रमको आयोजना गरी बैंकले २ हजार ६ सय ५० परिवारलाई कूल नगद रु ३३ करोड ११ लाख ४ हजार वितरण गरेको हो ।

बैंकले देखाएको यस अग्रसरताले स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास बैंकका नायवप्रमुखकार्यकारी अधिकृत तथा प्रवक्ता श्री गणेश राजपोखरेलले व्यक्त गर्नुभएको छ ।