सिटिजन्स बैंक इन्टरनेसनलले अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा बैंकको प्रांगणमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको छ ।सरकारले अवलम्बन गरेको एक कर्मचारी एक फलफूलको विरुवा नीतिलाई मूर्त रुप प्रदान गर्न बैंकको प्रांगणमा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको उपस्थितिमा बैंकका कर्मचारीले वृक्षारोपण गरेका छन्।
सिटिजन्स बैंक इन्टरनेसनलले ७४ वटा शाखा, ६९ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाईबाट करिब ३ लाख ३५ हजारलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।