सिटिजन्स बैंकद्वारा सहयोग

0

सिटिजन्स बैंक इन्टरनेसनलले कुलेश्वर माध्यमिक विद्यालयलाई १ लाख ५० हजार रुपिया“को आर्थिक सहयोग गराएको छ । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउ“दै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले वार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ । बैंकले आफ्नो १०आंै वार्षिक उत्सवको उपलक्ष्यमा उक्त विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

विद्यालयका प्राचार्य एसके नेपालले उक्त रकम फर्निचर किन्नका निम्ति प्रयोग हुने कुरा जानकारी गराउनुभयोे । त्यसक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले मानिसमा उद्यमशीलताको विकास हुनु नितान्त आवश्यक रहेको कुरामा जोड दिनुभयोे ।