सिटिजन्स बैंकद्वारा वुमन एक्टलाई आर्थिक सहयोग

0

 

सिटिजन्स बैंक इन्टरनेसनल लिले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको वुमन एक्टनामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ ।

वुमन एक्टको केन्द्रिय कार्यालय टुसाल, महाराजगंजमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समुपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले १ लाखको चेक संस्थाका संचालक सृजना अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।

भुकम्प प्रभावित क्षेत्रका महिलाहरूलाई आर्थिक रूपले सबल बनाउनका निम्ति उक्त रकम प्रयोग गरिने कुरा संस्थाका संचालक अधिकारीले बताउनुभयो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव ३ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएमकार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।