सिटिजन्स बैंकद्वारा त्रिवेणी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई आर्थिक सहयोग

0

सिटिजन्स बैंक लिले त्रिवेणी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई ५० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।
बैंकले हरेक वर्ष आफ्नो वार्षिक उत्सवका कार्यक्रमअनुसार सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराएको हो ।
‘योर पार्टनर फरप्रोग्रेस’ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंकले भीमढुंगा क्षेत्रका जिज्ञासु स्थानीयवासीलाई विज्ञान, प्रविधि, साहित्य, धर्म, इतिहास, भूगोल, स्वास्थ्य, वातावरण, यौन, कृषि, पशु स्वास्थ्य आदि जस्ता विषयका पुस्तकहरु उपलब्ध गराई ज्ञान आर्जन गर्ने माहोल बनाउन तत्पर रहेको विज्ञप्तिमा जनाइएको छ ।
आयोजित कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको समुपस्थितिमा रू. ५० हजार रुपियाँको चेक पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वरप्रसाद पोखरेललाई हस्तान्तरण गरेको छ ।
उक्त सहयोग रकम उपयुक्त कक्षहरुको निर्माण, व्यवस्थापन तथा संचालनका लागि प्रयोग गरिने कुरा पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष पोखरेलले बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले युवा पुस्तामा पुस्तक पढ्ने बानिमा ह्रास आउँँदै गरेको अवस्थामा समयानाकुल प्रविधिको उपयोग गरी पुस्तकालय संचालन गर्नुपर्ने कुरामा प्रकाश पार्नुभयो । दक्ष जनशक्ति उत्पादनका निम्ति यस्ता कार्यहरु प्रसंशनीय रहेको कुरा बताउनुभयो ।
कार्यक्रममा बोल्दै पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष पोखरेलले अब आउने दिनमा पुस्तकालयलाई अझै ब्यवस्थित र प्रविधि संगसंगै चल्न अहोरात्र लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले जानकारी गराउनुभएको छ ।