सिटिजन्स बैंकको शाखा सिमलचौरमा

0

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६८औं शाखा कास्कीको सिमलचौरमा संचालनमा ल्याएको छ ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाल बैंकिङ्ग कारोवारको शुरुवात गर्नु भएको हो ।
संघीयतालाई दह्रो बनाउन र स्थानीय तहबाटै सेवा दिनको लागि बैंकिङ क्षेत्रहरु, ७ सय ६६ वटै स्थानीय तहमा पुग्नुपर्ने नियमन निकाय र सरकारको चाहनाअनुसार नेपालको बैंकिङ्ग क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल रहेको र उक्त समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहक महानुभावहरुलाई देशैभरी फैलिएका यस बैंकको ६८ वटा शाखा, ६५ वटा ए.टि.एम. काउन्टर र ९९ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल कार्ड सेवा साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।
उक्त शाखाका प्रवन्धक अरुण अधिकारीेले यस क्षेत्रमा कृषि कर्जा, पशुपालन, पर्यटन तथा अन्य व्यवसायिक क्षेत्रमा प्रचुर सम्भावना रहेको र बैंक यस्ता उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आतुर रहेको कुरा जानकारी गराउनुभयो ।
मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिङ सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति अब आउने निकट भविष्यमा नै बैंकले थप शाखा संचालन गर्ने योजना अगाडी सारेको कुरा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेशराज पोखरेलले जानकारी गराउनु भएको छ ।