सिटिजन्स बैंकको भिसा थ्रिडी सेक्योर प्रविधिमा कार्ड

0

सिटिजन्स बैंक इन्टरनेसनलले इन्टरनेटमा कार्डमार्फत वस्तु तथा सेवा खरिद गर्न चाहने ग्राहकको लागि भिसा थ्रिडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ ।

भिसा कार्ड इन्टरनेसनलको भेरिफाइड बाई भिसामा आधारित यो प्रविधि अनलाइन कार्ड कारोबारको लागि अतिरिक्ति सुरक्षा तहको रुपमा रहनेछ । यो सेवा लिने ग्राहकले प्रत्येक कारोबार गर्दा इमेल तथा मोबाइलमा छुट्टै पिन नम्बर प्राप्त गर्न सक्नेछन्, जसले गर्दा अनलाइन कार्ड कारोबार अझै सुरक्षित हुनेछ ।

बैंकमा डलर खाता भएका ग्राहकले बैंकमा विश्वका कुनै पनि स्थानमा र नेपाली रmपिया“मा खाता भएका ग्राहकले नेपाल र भारतमा डेविट एवं क्रडिट कार्डमार्फत न्यूनतम वार्षिक शुल्कमा अनलाइनमा वस्तु तथा सेवा खरिद गर्न सक्नेछन ।यस प्रविधिबाट गरिएको अनलाइन कार्ड कारोबारमा जालसाझी एवं नक्कली कारोबारको जोखिम कम हुने हु“दा अझै सुरक्षित, भरपर्दो र विश्वसनीय हुने बैंकको दाबी छ ।

सिटिजन्स बैंक इन्टरनेसनलको ७४ वटा शाखा, ६९ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाई रहेको छ ।