सिटिजन्स बैंक इन्टरनेसनल लिले इन्टरनेटमा कार्ड मार्फत वस्तु तथा सेवा खरिद गर्न चाहने आफ्ना ग्राहकहरुको लागि भिषा थ्रिडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ ।
भिषा कार्ड इन्टरनेसनलको “भेरिफाइड बाई भिषा” मा आधारित यो प्रविधि अनलाइन कार्ड कारोबारको लागि अतिरिक्ति सुरक्षातहको रुपमा रहनेछ । यो सेवालिने ग्राहकहरुले प्रत्येक कारोबार गर्दा इमेल तथा मोबाइलमा छुट्टै पिन नम्बर प्राप्त गर्न सक्ने छन्, जसले गर्दा अनलाइन कार्ड कारोबार अझै सुरक्षित हुनेछ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिल “योर पार्टनर फोर प्रोग्रेस” भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घर दैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको छ ।
बैंकमा डलर खाता भएका ग्राहकहरुले बैकमा विश्वका कुनै पनि स्थानमा र नेपाली रmपैयाँमा खाता भएका ग्राहकहरmले नेपाल र भारतमा डेविट एवं क्रेडिट कार्ड मार्फत न्यूनतम वार्षिक शुल्कमा अनलाइनमा वस्तु तथा सेवा खरिद गर्न सक्ने छन् । यस प्रबिधिबाट गरिएको अनलाइन कार्ड कारोबारमा जालसाझी एवं नक्कली कारोबारको जोखिम कम हुने हुँदा अझै सुरक्षित, भरपर्दो र विश्वसनिय हुने आशा बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ६९ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग एकाइहरुबाट करिब तीन लाख पैंतीस हजार ग्राहकवर्गलाइ आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।