सिटिजन्स बैंकका सीईओ सेवा निवृत्त, नायव प्रमुख कर्याकारी अधिकृत गणेशराज पोखरेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी

0

 

सिटिजन इन्टरनेशनल वैंक लि.का प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन सिंह भण्डारीको कार्यकाल १६ गतेबाट सकिँदै छ । आफ्नो कार्यकाल सकिँदै गर्दा भण्डारी पुस १ गतेबाट बिदा बिदा बस्नु हुने भएको छ ।

सिईओ भण्डारी बिदामा बस्ने भएपछि बैंकको सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्मका लागि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको छ ।

बैंक सञ्चालक समितिको २८३औं शुक्रबार सो निर्णय गरेको हो । साथै सेवा निवृत हुनु हुने प्रमुख कार्यकारी अधिकृत भण्डारीको विगतको लामो समयको बैंङ्किङ्ग अनुभव र कार्य दक्षतालाई बैंकले सदुपयोग गर्ने गरी २०७५ पौष १७ गतेबाट लागू हुने गरी बैंकको संचालक समितिको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको जनाएको छ ।