नया“ वर्षस“गै सीजीले ग्राहकहरूमा आकर्षक योजना ल्याएको थियो । उक्त योजनालाई विस्तार गर्ने क्रममा सीजीले आफ्नो अफिसियल फेसबुक पेज अन्तर्गत एक नया“ तथा रोचक क्याम्पियन सञ्चालन गरिएको थियो ।
उक्त क्याम्पियन वैशाख महिनाभरी सञ्चालनमा रहेको थियो ।१३५ जनाभन्दा बढीले सहभागिता जनाएका थिए । यसै क्रममा सीजीले घरायसी सामग्री पनि बिक्री गरेको थियो । सो क्याम्पियनमा सीजीले सबैभन्दा धेरै लाईक्स जम्मा गर्नेलाई ३२ इन्चको एलईडी टीभी पुरस्कार दिने योजना बनाएको थियो ।
जसअन्तर्गत सबैभन्दा धेरै लाइक्स ल्याएर विजयी हुने धरानकी सिर्जना शाक्यलाई सीजीको युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा रहेको आफ्नै ब्रान्ड शोरुमा एक कार्यक्रम आयोजना गरी सीजीका ब्रान्ड म्यानेजर दिवाकर नगरकोटीले टीभी प्रदान गर्नुभयो ।