सामसङको जे २ मोबाइल बजारमा

0

सामसङ मोबाइलको जे सिरिजअन्तर्गत जे २ मोबाइल नेपाली बजारमा आएको छ ।

यस मोबाइलमा क्वालकोम स्नैपडै«गन प्रोसेर, २ जिबी ¥याम तथा १६ जिबी इन्टरनल मेमोरी रहेको छ । साथै स्मार्ट फोनमा हुनुपर्ने डिभाइस मेन्टिनेन्स फिचर पनि यस सेटमा रहेको छ । यो फिचरले गर्दा यसको कार्य क्षमता अझ बढी विशिष्ट हुनपुगेको छ । यसबाट ग्यालेक्सी जे२ २०१८ सेटमा मेमोरी सेभिङ फिचर रहेको छ । यसबाट सोसल मिडिया एप्लिकेसनका सामग्रहीलाई सिधै मेमोरी कार्डमा राख्न सकिने छ ।

सामसङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले भन्नुभयो–‘यो सेटले सामसङको प्रतिबद्धतालाई पुष्टि गरेको छ । सोसल मिडियाको ज्यादा प्रयोग गर्नुहुने प्रयोगकर्ताका लागि मुभ टु मेमोरी कार्ड जस्तो बहुपयोगी फिचरले इन्टरनल मेमोरीलाई प्रयोग नगरी चलाउन सकिने सुविधा प्रदान गर्दछ । यसरी इन्टरनल मेमोरीलाई फ्रि राख्न सकिने हु“दा मोबाइलको कार्यक्षमता सदैव कायम हुन्छ ।

५ इन्चको सुपर अमोल्ड डिस्प्ले, २६०० एमएचए ब्याट्री रहेको छ । एलईडी प्ल्यासको साथ ८ मेगापिक्सलको रियर क्यामेरा तथा ५ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ ।