साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलमा उपाधिका लागि नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल समूह रचणमा बंगलादेशसँग २–१ हारेको बदला लिने दाउमा उपाधि रक्षाका लागि खेल्ने छन् ।
नेपालले सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलको स्थान पक्का गरेको हो । बंगलादेशले आयोजक भुटानलाई ४–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
फाइनल खेलअघि आयोजक भुटान र भारतले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली समयअनुसार ७ बजे खेल शुरु हुनेछ । भुटानको थिम्पुस्थित चालिमिथा मैदानमा नेपाल यु–१८ महिला फुटबल टिम उपाधि रक्षा गर्नका लागि मैदानमा उत्रिँदैछ ।
