सानिमा बैंकले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँग कर्जा सम्बन्धित प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको छ ।
उक्त सम्झौता सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिदबीच आदान प्रदान भएको बैंकले जनाएको छ ।
यसबाट अन्तर्राष्ट्रिय बजारमा पहुँच भई भित्रिने बाह्य पुँजी, स्वदेशमा परिचालन गरी देशको उच्च आर्थिक वृद्धिमा टेवा पुग्ने बैंकको दाबी छ । सानिमा बैंकले हाल ५८ शखा, १ एक्सटेन्सन काउन्टर र ६७ एटिएममार्फत सेवा दिइरहेको छ ।