सातौं पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु

0
नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृतीमा सातौं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुनसरीको ईटहरीमा सुरु भएको छ ।
ईटहरी ब्याडमिन्टन क्लबको कभर्डहलमा भएको प्रतियोगिताको प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले पानसमा द्विप प्रज्वलन गरि प्रतियोगिताको उद्घाटन गरे ।
प्रतियोगिताको उद्घाटन गर्दै सदस्य सचिव बिष्टले १३ औं दक्षिण एशियाली खेलकुदमा नेपालले ब्याडमिन्टनबाट स्वर्ण पदक प्राप्त गर्नु पर्नेमा जोड दिए । ‘१३ औं दक्षिण एशियाली खेलकुदमा नेपालले ब्याडमिन्टनबाट स्वर्ण प्राप्त गर्नु पर्छ, तयारी गर्नुस नेपाल सरकार र परिषद् त्यसको लागि जे गर्न पनि तयार छ’– बिष्टले बताए । उनले अब अर्को बर्ष काठमाण्डौमा ब्याडमिन्टनको आफ्नै हल हुने र एकेडेमी संचालन हुने बताए । कार्यक्रममा सदस्य सचिव बिष्टलाई मायाको चिनो प्रदान गरिएको थियो ।
खेलकुद महासंघ आवद्ध राष्ट्रिय ब्याडमिन्टन संघकोे आयोजनामा भएको प्रतियोगितामा पुरुष एकलमा २८ र महिला एकलमा १८ खेलाडीहरुको सहभागिता रहेको छ । यसतै पुरुष जोडी तर्फ २७, महिला जोडी तर्फ ११, पुरुष यु १९ मा १७ र महिला यु १९ मा १३ तथा भेट्रान्स तर्फ २७ जोडीले उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् ।
नविन र बिष्णु प्रिक्वाटरमा
नेपाली सेनाका नविन श्रेष्ठ र पुलिसका बिष्णु कुटुवाल सातौं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको प्रिक्वाटरमा प्रवेश गरेका छन् । नविनले सप्तरीका सन्तोष कटुवाललाई २१–६, २१–५ ले र बिष्णुले एपिएफका निरञ्जन देवकोटालाई २१–९, २१–१५को जित निकाल्दै दाश्रो चरणमा प्रवेश गरे ।
यस्तै एपिएफका गौतम कठायतले कञ्चनपुरका प्रकाश चन्दलाई २१–९, २१–१२ले, सरीका प्रनिष सिंह ठकुरीले सप्तरीका सुनिल परियारबाट वाक ओभर, पुलिसका जीवन आचार्यले सेनाका दिवस संकरलाई २१–१७, २१–११ले, ताप्लेजुङ्गका मनकुमार लिम्बुले मोरङ्गका अमर लिम्बुबाट वाक ओभर, एपिएफका विजित थापा मगरले सेनाका रुकेश महर्जनलाई २२–२०, २१–१४ले, सेनाका विकास खड्काले दाङ्गका २१–७, २१–७ले, सेनाका प्रफुल महर्जनले मोरङ्गका डबल गुरुङ्गबाट वाक ओभर, पुलिसका पूर्ण थापाले दाङ्गका तुलसी महरालाई २१–८, २१–६ले, एपिएफका सुदीप सेंढाईले सुनसरीका सुजन श्रेष्ठलाई २०–२२, २१–१४, २१–१६ले र जेष्टका सुनिल जोशीले मोरङ्गका सुमन राईलाई २१–९, २१–११ले पराजित गर्दै प्रिक्वाटरमा स्थान बनाए ।
महिला एकलमा जेष्ट ब्याडमिन्टन एकेडेमीकी तारा आले र धनकुटाकी अरुणा तामाङ्ग प्रिक्वाटरमा प्रवेश गरेका छन् । आलेले धनकुटाकी गिता राईलाई २१–१५, २१–१४ तथा तामाङ्गले झापाकी अञ्जना राईलाई २१–१२, २१–१७ले पराजित गरे ।
पुरुष यु १९ मा कन्चनपुरका सौरभ चन्द, मोरङ्गका जोन जसराज, दाङ्गका सुरज गुप्ता, जेष्टका सुनिल जोशी, सेनाका रुकेश महर्जन, सुनसरीका क्षितीज के.सी., सोलुखुम्बुका पेम्बा शेर्पा, ताप्लेजुङ्गका मिलन गुरुङ्ग, सेनाका दिवस संकर, जेष्टका प्रियान्सु क्षेत्री, कञ्चनपुरका विवेक चौधरी आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै प्रिक्वाटरमा प्रवेश गरेका छन् ।