भारतको राजधानी नयाँ दिल्लीमा गत आइतबार सम्पन्न ‘लिटिल अस्थेटिक्स किड्स फेसन रनवे’ तथा ‘टिन एस्थेटिक किड्स फेसन रनवे’मा नेपाली प्रतिस्पर्धीहरु उपाधि जित्दै स्वदेश फर्केका छन् ।
कामाक्षले आयोजना गरेको ‘लिटिल एस्थेटिक्स किड्स फेसन रनवे’मा नेपालकी साइब्या घिमिरेसहित पाँचै जना प्रतिस्पर्धीले उपाधी जितेकी हुन् भने घिमिरेले ५२ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएकी छन् ।
यस्तै नेपालका सुरेन्द्रकुमार श्रेष्ठ सेकेन्ड रनरअप, लिटिल विधातर्फ नमन मित्तल, बेस्ट फोटोजेनिक र ‘टिन एस्थेटिक्स किड्स फेसन रनवे’मा प्रेजु कायस्थले दोस्रो स्थान हासिल गरिन् । सोही विधामा नेपालकी महिमा वज्राचार्य ट्यालेन्टेड पर्सनालिटिज हुन सफल भइकी छन् भने नेपालबाट प्रतिस्पर्धामा भाग लिएका पाँचै जनाले कुनै न कुनै उपाधि लिएर नेपाल फर्केका थिए ।
गत वैशाखमा काठमाडौंमा सम्पन्न रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजनामा लिटिल प्रिन्स एन्ड प्रिन्सेज नेपाल र टिन प्रिन्सेज डिभाका विजयी प्रतियोगीहरुले भारतमा किड्स फेसन रनवे प्रतिस्पर्धामा भाग लिएका हुन् । नेपालका विजयी प्रतियोगीको हैसियतले पाँच जना प्रतिस्पर्धीलाई रेडियन्ट ईभेन्ट म्यानेजमेन्टले भारतको उक्त प्रतियोगितामा सहभागी गराएको नेपालका ईन्टरनेशनल कोरियोग्राफर तथा रेडियन्ट ईभेन्ट म्यानेजमेन्टका फाउन्डर डाइरेक्टर राज फैजुले बताउनुभयो । 
