सस्तियो सुनको मूल्य, तोलामा कति पुग्यो ? हेर्नुहोस् ।

0

साताको अन्तिम दिन आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाला सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

बिहीबार पनि सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले नै घटेर ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यस्तै तेजावी सुन प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

सुनको मूल्यमा गिरावट आएपनि चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार तोलामा ७ सय ६५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।