सलमान खानको नयाँ चलचित्र ‘भारत’को डाइरेक्टर अली अब्बासले इन्कार गरे

0

डाइरेक्टर अली अब्बासले बलिउड सुपर स्टारर सलामान खानको चलचित्र ‘भारत’ को सुटिङ गर्न इन्कार गरे । चलचित्र ‘भारत’को ८० प्रतिशत सुटिङ पूरा भइसकेको र एडिटिङ वर्कसमेत भइसकेको बताए । तर, डाइरेक्टर अली अब्बासले सलमान खानको तौल (वजन) का कारण सुटिङ गर्न इन्कार गरेका थिए ।

डाइरेन्टर अबासले सलमान खानको २७ डिसेम्बरका दिन जन्मदिन छ । शायद अलीले सलमान खानको जन्मदिन नयाँ तरिकाबाट सेलिब्रेट गर्न चाहेको पनि बताए । उक्त कुरा अब्बासले आफ्नो सोशियल मिडिया एकाउन्टबाट खुलासा गरेका थिए ।

अली अब्बासले ट्विटबाट चलचित्र ‘भारत’को दिल्ली र पञवको सुटिङ सेड्युल पूरा भइसकेको बताए । चलचित्रको अन्तिम सेड्युल अब नयाँ वर्षमा सुट गर्न पनि बताएका छन् ।

चलचित्र ‘भारत’मा सलमान खान अलावा कटरिना कैफ, वरुण धवन, दिशा पटानी, तब्बु, नोरा फतेही तथा सुनिल ग्रोवरको मुख्य भूमिका रहेको छ ।

‘भारत’मा सलमान खानको लुक हेर्नका लागि फैस उत्साहित छन् । तर, चलचित्रमा सलमान १८ सालबाट ६८ सालको अवतारमा देख्न सकिन्छ । चलचित्र ५ जुन २०१९ मा रिलिज हुने छ ।